काठमाडौँ। नेकपा एमालेले संसदीय दल उपनेता मनोनीत गरेको छ।
प्रतिनिधि सभा सांसदसमेत रहेकी पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय दल उपनेता मनोनीत गरिएको हो।
संसदीय दल नेता रामबहादुर थापा बादल छन्। संसदीय दल नेता बादलले नै अर्याललाई उपनेता मनोनीत गरेका हुन्।
यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनित भएका थिए।