काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२९ बैशाख २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

दाङ। दाङमा करेन्ट लागेर बस चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बबई गाउँपालिका ७‚ मलईका ४१ वर्षीय पूर्णबहादुर वली रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए।

उनका अनुसार आज (मंगलबार) दिउँसो बबई गाउँपालिका ७‚ पातिहाल्नास्थित भित्री सडकखण्डमा मलईबाट तुलसीपुरतर्फ आउँदै गरेको रा.१ख २१९८ नम्बरको बसको टायर पन्चर भएको थियो। टायर फेर्ने क्रममा बसको छतमा चढेका चालक वलीलाई करेन्ट लागेको हो।

करेन्ट लागेर सख्त घाइते भएपछि उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक बोहोराले बताए।