काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई हराएको छ।
सोमबार बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले ५ विकेट गुमाएर २१० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले सुरुदेखि नै आक्रामक खेल खेलेको थियो। दिल्लीका लागि जित दिलाउन माधव तिवारीले निर्णायक भूमिका खेले। उनले मात्र ८ बलमा विष्फोटक १८ रन जोड्दै टोलीलाई फिनिसिङ लाइन पार गराए।
दिल्लीको जितमा कप्तान अक्षर पट्टेल र डेभिड मिलरले अर्धशतकीय इनिङ खेले। पट्टेलले ३० बलमा ५६ रन बनाउँदा मिलरले २८ बलमा ५१ रन बनाउँदै विष्फोटक ब्याटिङ गरेका थिए। ब्याटिङ अघि बलिङमा पनि तिवारीले महत्वपूर्ण २ विकेट लिए। ४० रन खर्चेर २ विकेट लिनुका उनी ‘प्लेयर अफ द म्याच’ बने।
पञ्जाबका बलरले अन्तिम ओभरमा लय गुमाउँदा दिल्लीले १९ ओभरमै २१६ रन बनाउँदै खेल आफ्नो पक्षमा पारेको थियो। यो जितसँगै दिल्ली क्यापिटल्स १२ खेलमा १० अंक जोडेर सातौ स्थानमा सीमित छ। ११ खेल खेलेको पञ्जाब १३ अंकसहित चौथो स्थानमा छ।