काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतकाे अर्थ समितिले ४ वटा उपसमिति गठन गरेको छ ।
मंगलबार बिहान बसेको बैठकले सार्वजनिक वित्त, वित्तीय क्षेत्र तथा आर्थिक विकास, निजी क्षेत्र तथा लगानी प्रवर्धन र वित्तीय तथा संघीयता अध्ययन उपसमिति गठन गरेको हो। उपसमितिका कार्य क्षेत्र र गर्नुपर्ने कार्यसहितको टीओआर तयार गरेको समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिए।
उनका अनुसार उपसमितिको कार्यवअधि ६ महिनाको रहने छ। आवश्यकताअनुसार वा एक महिना नबढ्ने गरी लिखित प्रगति प्रतिवेदन उपलब्ध गराई समितिमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरिएको बुढाथोकीले बताए।
उपसमितिहरुले राजस्व चुहावट नियन्त्रण, वित्तीय निर्माण र वजेट कार्यान्वयन, सार्वजनिक सम्पत्ति हिनामिनाको अध्ययन अनुगमन र मूल्यांकन, मौद्रिक नीति प्रभावकारीताको अध्यययन, निजी क्षेत्रले औँत्लाएका समास्याको छलफल, वित्तीय संघीयता कार्यान्वयनको समीक्षा लगायतका कार्यक्षेत्र तोकिएको छ।