काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२९ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधिसभा बैठकमा पारस्पारिक कानुनी सहायतासम्बन्धी सम्झौता पेस गरेकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री गौतमले नेपाल सरकार र भारत सरकारबीच भएको फौजदारी विषयसँग सम्वन्धित उक्त सम्झौता पेस गरेकी हुन्।

कानुनमन्त्री गौतमले सम्झौता पेस गर्दै भ्रष्टाचार एवम् फौजदारी अपराधमा लुकाएको सम्पत्ति फिर्ता ल्याउनेलगायत कार्यमा सम्झौताले सहज हुने बताइन्।