काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवका सवारी चालक मुस्तकिम मिँया पक्राउ परेका छन्।
सप्तरीको महादेवा गाउँपालिका वडा १ घर भई हाल राजविराज नगरपालिका वडा ३ बस्ने २७ वर्षीय मिँयालाई प्रहरीले सोमबार अपहरण, शरीर बन्धक र अपमानजनक व्यवहार आरोपमा पक्राउ गरेको हो।
पीडितलाई बन्धक बनाई, डरत्रास देखाई, कुटपिट गरेको र शरीरको कपडा खोली नांगो बनाएर भिडियो खिचेको आरोप मियाँमाथि छ।
प्रहरीको अनुसन्धानका क्रममा मिँयाले पीडितलाई अपहरण गरेर नग्न बनार कुटपिट गरेको खुलेको छ।
प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
मन्त्री यादवले हलुका सवारी चालक पदमा मियाँलाई २७ चैत २०८२मा नियुक्त गरेका थिए।