काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमले विद्यमान अवस्थाका प्रश्नको उत्तर दिन नसकेको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको आजका बैठकको विशेष समयमा उनले निर्धारित संसद्को अधिवेशन स्थगित गरी आठ वटा अध्यादेश जारी गरिनु लोकतन्त्रका लागि सुखद नभएको बताए। ऋण लिएर विकास नहुने भएकाले नीति तथा कार्यक्रमलाई परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो।
तत्कालीन राजनीतिक दलहरूको कमजोरीका कारण स्थापित नयाँ दलले जनताको आकाङ्क्षा पूरा गर्नुपर्नेमा जोड दिँदै उनले सरकारको पछिल्लो गतिविधिले त्यस्तो लक्षण नदेखाएको टिप्पणी गरे।
नेता थापाले सरकारको नीति तथा कार्यक्रमले मुलुकको समग्र विकास, स्थायी शान्ति र लोकतन्त्रको रक्षा गर्न नसक्ने आरोप लगाए।