काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२९ बैशाख २०८३
राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालको भेटवार्ता। तस्बिर : राष्ट्रपतिको सचिवालय
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालबीच शिष्टाचार भेटवार्ता भएको छ।

राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार भएको भेटमा समसामयिक राजनीतिक तथा संसदीय मामिलाका विषयमा छलफल भएको छ।

राष्ट्रपतिको सचिवालयका अनुसार भेटघाटका क्रममा संसद्‌को काम-कारबाही, राष्ट्रिय महत्त्वका विषय र अन्य समसामयिक राजनीतिक घटनाक्रमबारे विचार-विमर्श भएको थियो।

नियमित प्रक्रियाअन्तर्गत भएको यो भेटलाई राज्यका दुई प्रमुख अंगका पदाधिकारीबीचको आपसी समन्वय र परामर्शका रूपमा हेरिएको छ।