काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२९ बैशाख २०८३
अ+
अ-

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार चार सय रुपैयाँ बढेर ३ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ३५५ रुपैयाँले बढेर पाँच हजार ६९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी तोलामा पाँच हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।