काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२९ बैशाख २०८३
फाइल फोटो
अ+
अ-

काठमाडौँ। देशका विभिन्न स्थानमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्।

नेपाल प्रहरीको ८ बजेको  विवरण अनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने अधिकांश स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेका छन्।

काभ्रेपलाञ्चोक जिल्लाको खुरकोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। गत वैशाख २२ गतेदेखि नै सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै वीपी राजमार्गको उक्त खण्ड बन्द गरिएको हो। सुरक्षाका कारण सो क्षेत्रमा सवारी साधन चलाउन अनुमति दिइएको छैन।

संखुवासभाको मकालु गाउँपालिका वडा नं‍. ३ नयाँ बस्तीमा वैशाख २३ गते खसेको पहिरोका कारण राजमार्ग प्रभावित भएको छ। अहिले सो स्थानमा पहिरो पन्छाएर बाटो एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

कोशी प्रदेशका दुई मुख्य राजमार्गहरूमा पनि अवरोध कायमै छ। भोजपुर नगरपालिका वडा नं. ५ बोखिममा वैशाख १२ गते आएको बाढीका कारण सडक अवरुद्ध भएको थियो। हाल उक्त स्थानमा वैकल्पिक बाटोको समेत व्यवस्था गरी सडक एकतर्फी रूपमा सुचारु गरिएको छ।