काठमाडौं। विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको जवाफ दिन प्रधानमन्त्री संसद्मा उपस्थित नभएको भन्दै विपक्षी दलहरूले विरोध जनाएका हुन्।
विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई गैरजिम्मेवार व्यवहार भएको आरोप लगाउँदै तत्काल स्पष्टिकरणसहित राजीनामा दिन माग गरेका छन्।
आजको छलफलमा प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न सभामुख डीपी अर्यालले अनुमति दिएका थिए।