काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३० बैशाख २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रियसभाका सांसदहरुले संसदीय मर्यादा पालना गरेमात्र संसद्को गरिमा वृद्धि हुने बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले सङ्घीय संसद्को संयुक्त बैठकको सन्दर्भमा उठेका प्रश्नको सरकारसँग जवाफ माग गरे।

सांसद पदमबहादुर परियारले प्रधानमन्त्रीको उपस्थितिमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढाउन श्रेयस्कर हुने भएकाले अध्यक्ष नारायणप्रसाद दाहालको ध्यानाकर्षण गराए।

सांसद सुरेश आलेमगर र रोशनी मेचेले संसदीय मर्यादा सबै पक्षबाट पालना हुनुपर्नेमा जोड दिए।