काठमाडौँ। राष्ट्रियसभामा ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन पेस भएको छ।
राष्ट्रियसभाको बुधबार बसेको बैठकमा विधायन व्यवस्थापन समिति सभापति कृष्णबहादुर रोकायले उक्त विधेयक पेस गरेका हुन्।
सभापति रोकायले उक्त विधेयकमाथि समितिमा भएको छलफल, सुझाव तथा संशोधनसहितको प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्दै विधेयकले तीनै तहका सरकारले अभौतिक सांस्कृतिक सम्पदाहरूको पहिचान, संकलन तथा संरक्षण गर्ने अधिकार दिएको बताए।