काठमाडौँ। नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन्।
उनले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन्। भट्टले आफ्नो पदबाट राजीनामा दिएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए।
भट्टलाई एक साताअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर सरकारलाई सहयोग गर्न निर्देशन दिएकी थिइन्। राजीनामा नदिए बर्खास्त गरेर हटाउने प्रक्रिया सुरु भएकोबारे पनि मन्त्री यादवले कार्यकारी निर्देशक भट्टलाई जानकारी गराएकी थिइन्।
सरकारले यसअघिका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो। भट्टलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले तीन वर्षका लागि ६ फागुन २०८० मा नियुक्त गरेको थियो।
त्यसअघि उनले २०७० सालमा पनि कार्यकारी निर्देशक भएर काम गरेका थिए। उनको कार्यकालमा १३ असोज २०७१ मा निगमले स्वचालित मूल्य प्रणाली सुरु गरेको थियो।