काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।
प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई हटाएसँथै अधिकारीलाई उक्त जिम्मेवारीमा ल्याउन लागिएको प्रशासन स्रोतले जानकारी दिएको छ।
नेपालको संविधानको धारा १०६ को उपधारा (१) अनुसार सभामुखको सिफारिसमा प्रतिनिधिसभाको सचिव नियुक्त गर्ने व्यवस्था रहेको छ।सोही संवैधानिक व्यवस्थाअनुसार सभामुख अर्यालले अधिकारीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।
संविधानमा संघीय संसद्को महासचिव प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिसमा नियुक्त हुने तथा प्रतिनिधिसभाको सचिव सभामुखको सिफारिसमा नियुक्त हुने व्यवस्था छ। राष्ट्रिय सभाको सचिव भने राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा नियुक्त हुने प्रावधान रहेको छ।