बागलुङ। बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ।
आज बिहान लामडाँडाबाट बुर्तिबाङतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–५ का १६ वर्षीय सुशीलकुमार विकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार ट्याक्टर गोठमा खसेको थियो। फरार चालकको खोजी जारी छ। गोठमा आंशिक क्षति भए पनि पशुचौपायाको क्षति भएको छैन्।