नयाँदिल्ली। भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावा सहित असिना पानी पर्दा ८९ जना मानिसकोे मृत्यु भएको र एक सय भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन्।
यसै गरी उत्तर प्रदेशका विभिन्न ठाउँहरूबाट मौसमी प्रकोपका कारण पशुधन, आवासीय घर र अन्य सम्पत्तिमा क्षति भएको रिपोर्ट गरिएको छ। तीव्र हावाले हजारौँ रुखहरू ढलेको र पर्खाल भत्केको घटनाहरू रिपोर्ट गरिएका छन्।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सबै जिल्लाका राहत अधिकारीहरुलाई सबै पीडितलाई यथा सम्भव राहत र सहायता उपलब्ध गराउन निर्देशन दिएका छन्।
सबैभन्दा बढी प्रभावित प्रयागराज जिल्लामा मात्र लगभग २० जनाको मृत्यु भएको जनाइएको छ।