काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३१ बैशाख २०८३
सुशीलबहादुर बज्राचार्य।
अ+
अ-

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले आज (बिहीबार) गरेको निर्णयानुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानको डिनको समेत कार्य गर्ने गरी बज्राचार्यलाई उपकुलपतिको जिम्मेवारी तोकिएको हो।

जिम्मेवारी प्राप्त गरेसँगै बज्राचार्यले कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा पदवहाली गरेको त्रिविले जनाएको छ। सार्वजनिक निकायका पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेश जारी हुने अघिल्लो दिन विश्वविद्यालयका उपकुलपति दीपक अर्यालले राजीनामा दिएका थिए।