काठमाडौँ। प्रतिनिधिसभामा आगामी आव ०८३/८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सकिएको छ।
सभाको आजको बैठकमा नीति तथा कार्यक्रमका विभिन्न बुँदामा संशोधनको सूचना राखेका ३५ र दलीय आधारमा ४१ सांसदले छलफलमा भाग लिए। सांसदहरू विपिनकुमार आचार्य, अर्जुननरसिंह केसी, राजेन्द्रकुमार राई, वर्षमान पुन, हर्कराज राई, खुस्बु ओली, महावीर पुन, रन्जु न्यौपाने, अभिषेकप्रताप शाह, लक्ष्मीप्रसाद पोखरेल, भीमकुमारी बुढा, ताहिर अलि भाट, खगेन्द्र सुनार, चन्द्रमोहन यादव, नीता घतानी, गणेशबहादुर विश्वकर्मा, कृष्णहरि बुढाथोकी, गीता गुरुङ, विष्णुमाया विक, तपेश्वर यादव र रेनुका काउँचाले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिए।
यस्तै प्रमिलाकुमारी गच्छदार, शिवशंकर यादव, खडकबहादुर बुढा, केपी खनाल, आकृति अवस्थी, कमल सुवेदी, वदनकुमार भण्डारी, मनीष खनाल, मधुकुमार चौलागाई, धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, सुलभ खरेल, रहबर अन्सारी, राजीव खत्री, प्रेमलाल चौधरी, सुशील खड्का, भरत पराजुली, हरिमोहन भण्डारी, विदूषी राणा र ठाकुरसिंह थारूले नीति तथा कार्यक्रममाथि आआफ्नो सुझाव राखे।
छलफलमा भाग लिने सांसदहरूले नीति तथा कार्यक्रमले समृद्धि, सुशासन र नागरिक विश्वासको नयाँ आधार निर्माण गर्ने तथा भूमिहीन/सुकुम्बासीको अधिकार सुनिश्चित, उद्यमशीलता प्रवर्द्धन, लगानी अभिवृद्धि, गैरआवासीय नेपाली, युवा विद्यार्थी, आदिवासी समुदायलाई आकर्षित गरेको बताए।
राष्ट्रपति रामचन्द्र पौडेलले यही २८ वैशाखमा संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै आव ०८३/८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।