काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल सरकारको आगामी आव ०८३/८४ को नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएका छन्।
सो कार्यक्रममाथिको छलफल सकिएपछि जवाफ दिँदै मन्त्री वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढाउन सरकार कटिबद्ध रहेको बताए।
सरकारले १०० बुँदे शासकीय सुधारका कार्य र सदनमा आएका सुझावलाई आधार बनाएर आगामी बजेट प्रस्तुत गरिने अर्थमन्त्री वाग्लेले जानकारी दिए। बैठकमा नीति तथा कार्यक्रममाथिको संशोधनलाई निर्णयार्थ प्रस्तुत गरी आजै नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ।