अफगानीस्तान। एकै दिनमा पाँच हजार २०० जना भन्दा बढी अफगान शरणार्थी स्वदेश फर्केको जनाइएको छ।
स्वदेश फर्केकाहरु मध्ये एक हजार १७८ जनालाई उनीहरूको गृह प्रान्तमा सारिएको जनाइएको छ।
उनीहरु स्वदेश पर्कने क्रममा सिमा नाकामै आवश्यक सहायता प्राप्त गरि सकेको उल्लेख गर्दै बाँकीलाई पनि उनीहरूको आफ्नै प्रान्तमा लगिने बख्तार समाचार एजेन्सिले जनाएको छ।
एजेन्सिका अुनुसार गत हप्ता करिब चार हजार जना अफगानी शरणार्थी आफ्नो देश फर्केका छन्।
गत वर्षको सुरु देखि हाल सम्म २५ लाख भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो देश फर्किएको जनाइएको छ।
फर्कनेहरु मध्य अधिकाशं अफगानहरु पाकिस्तान र इरानबाट, आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ भने यी देशहरूले कानुन बमोजिम कागजात नभएका शरणार्थीहरूलाई आफ्नो देश छोड्न आग्रह गरेका छन्।