प्रतिनिधिसभा
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले अपेक्षाअनुसार नयाँ सरकारको नीति तथा कार्यक्रममा नयाँपन नआएको बताएकी छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै उनले नीति तथा कार्यक्रम सुस्पष्ट नभएको र कहाँ पुग्ने भन्ने गन्तव्य तय नभएको उल्लेख गरिन्।
ओलीले परिणाममा आधारित बजेट र कार्यक्रम बनाएर उत्तरदायी र पारदर्शी कार्य गर्न आग्रह गरिन्।