काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३१ बैशाख २०८३
अ+
अ-

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेल संघहरूलाई असार १५ गतेभित्र नवीकरण गर्न सूचना जारी गरेको छ।

परिषद्ले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी १५ असारभित्र नवीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिएको हो।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नियमावली, २०७९ बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन भएको भन्दै राखेपले १५ असारसम्मको समय दिएर सूचना जारी गरेको हो।

तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित कानुन बमोजिम खारेजको प्रक्रिया अगाडि बढाइने राखेपले जनाएको छ।