काठमाडौँ। काठमाडौं विश्वविद्यालय उपकुलपतिको जिम्मेवारी प्रा डा ऋषीकेश वाग्लेलाई दिइएको छ।
शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलका अनुसार रिक्त रहेको उक्त पदमा दैनिक कार्य सञ्चालनका लागि उपकुलपति नियुक्ति नभएसम्मका लागि वाग्लेलाई जिम्मेवारी तोकिएको हो।
वैशाख ३० गते प्रधानमन्त्री एवं कुलपतिस्तरको निर्णयअनुसार वाग्लेलाई जिम्मेवारी दिइएको उनले बताए।