जनकपुरधाम। यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाबाट तीन जना विचौलिया पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २ बस्ने २२ वर्षीय अंकित कुमार साह, सर्लाहीको गोडैता नगरपालिका ६ बस्ने ३० वर्षीय चिन्टु कुमार सिंह र धनुषाको धनुषाधाम नगरपालिका ३ बस्ने २१ वर्षीय राजेश साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमका अनुसार यातायात कार्यालय आउने सेवाग्राहीहरुलाई झन्झट तथा हैरानी दिने गरेको विशेष सूचनाको आधारमा शुक्रबार साँझ ४ बजेको समयमा नियन्त्रणमा लिइएको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।