काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२ जेष्ठ २०८३
कुशल भुर्तेल। तस्बिर : क्यान
अ+
अ-

काठमाडौँ ।  नेपालका शतकधारी ब्याटर कुशल भुर्तेलले  आईसीसी विश्वकप लिग–२ को शृङ्खलामा अमेरिकामाथि सानदार जित निकालेपछि आफ्नो शतकभन्दा पनि शीर्ष क्रमका ब्याटरले रन बनाउन सकेकोमा बढी खुसी लागेको बताएका छन्।

अमेरिकाविरुद्ध अविजित १२० रनको शतकीय पारी खेल्दै ओपनरको भूमिका निर्वाह गरेका उनले खेलपछिको पत्रकार सम्मेलनमा भनेका छन्, ‘लामो समयदेखि शीर्ष क्रमका ब्याटरबाट राम्रो सुरुआत हुन सकिरहेको थिएन। आज त्यो सम्भव हुँदा निकै खुसी लागेको छ। मेरो व्यक्तिगत शतकभन्दा पनि टोलीको जित सधैँ महत्त्वपूर्ण रहन्छ।’ शतक पूरा हुँदाको क्षण व्यक्त गर्न आफूसँग शब्द नै नभएको पनि उनले बताए।

यसअघि ओमानविरुद्धको खेलमा राम्रो सुरुआत पाएर पनि खराब सट खेल्दा तीन खेलसम्म टोलीबाहिर बस्नुपरेको स्मरण गर्दै भुर्तेलले अभ्यासमा राम्रो ब्याटिङ भइरहे पनि खेलमा त्यसलाई उतार्न नसकेको स्वीकार गरेका छन्। शीर्ष ब्याटरका रूपमा आफू र आसिफ सेखले राम्रो साझेदारी गर्न सके खेल जित्न सकिन्छ भन्ने विश्वासका साथ मैदानमा सल्लाह गरेरै ब्याटिङ गरेको उनको भनाइ छ। उनले विकेट ब्याटिङका लागि सहज भए पनि अमेरिकाले सोचेभन्दा कम योगफल बनाएको बताए।