काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२ जेष्ठ २०८३
भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडू। तस्बिर : एएनआई
अ+
अ-

नयाँदिल्ली। आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले दक्षिण भारतका राज्यहरूमा युवाको घट्दो जनसंख्याप्रति चिन्ता  जनाएका छन्। उनले धेरै सन्तान जन्माउनेलाई प्रोत्साहन स्वरूप आर्थिक सहयोग गर्ने घोषणासमेत गरे।

आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लामा आयोजित एक कार्यक्रममा नायडूले भने, “तेस्रो बच्चा जन्मिएपछि अभिभावकलाई ३० हजार र चौथो बच्चा जन्ममा ४० हजार भारतीय रुपैयाँ प्रोत्साहन दिइनेछ।” उनले धेरै बच्चा जन्माउनु बोझ नभएको पनि बताएका छन्। उनले भने‚ “धेरै मानिसहरूलाई धेरै बच्चा जन्माउनु बोझ हो भन्ने लाग्छ तर यो सत्य होइन।”

दक्षिणी राज्यहरू आन्ध्र प्रदेश र तमिलनाडुले लामो समयदेखि जनसङ्ख्या नियन्त्रण र यसको परिणामबारे कुनै न कुनै रूपमा आवाज उठाउँदै आएका छन्।

चन्द्रबाबु नायडु र तमिलनाडुका पूर्वमुख्यमन्त्री एमके स्टालिनले विगत केही वर्षदेखि लगातार यस विषयलाई विशेष चासो दिएर पहल गर्न जोड दिनेगरेको पाइन्छ।

मुख्यमन्त्री नायडूले विगतमा धेरैपटक ‘दक्षिणी राज्यहरूमा युवाहरूको सङ्ख्या बिस्तारै घटिरहेको छ र वृद्धहरूको सङ्ख्या बढिरहेको’ यसलाई सम्बोधन गर्न पहल थाल्न ढिलो गर्नु नहुने बताएका छन्। उनले जापान र चीनजस्ता धेरै देश यो समस्यासँग जुधिरहेको पनि बताए।