काठमाडौँ। सशस्त्र प्रहरीले कैलालीको गोदावरी नगरपालिका ११‚ ओलानीमा रूखमा अड्किएका एकजनाको सकुशल उद्धार गरेको छ।
सोही नगरपालिका बस्ने ७३ वर्षीय लालबहादुर सुनार घरनजिकै रहेको रूखमा स्याउला काट्न रूखमा चढेकामा उक्त रूखबाट तल झर्न नसकी रूखमै अड्किएका थिए।
उनी रूखमा अड्किएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी ७ वैद्यनाथ बाहिनीबाट खटिएको तालिम प्राप्त टोलीले शनिबार सकुशल उद्धार गरेको सशस्त्र प्रहरीको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।