नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमण गर्ने नागरिकमाथि सरकारले सेस वा अतिरिक्त कर लगाउने तयारी गरिरहेको भनी मिडियामा आएका समाचारहरूको खण्डन गरेका छन् ।
प्रधानमन्त्री मोदीले शुक्रबार राति उक्त समाचारको तथ्य जाँचगर्दै सम्बन्धित समाचारको स्क्रिनसट सेयर गरेर ती दाबीहरू पूर्ण रूपमा निराधार भएको स्पष्ट पारेका हुन् । सरकारको सूचीमा यस्तो कुनै योजना नरहेको र यस किसिमका खबरहरू भ्रमपूर्ण भएको उनले प्रस्ट पारेका छन् ।
प्रधानमन्त्री मोदी आफैं विदेश भ्रमणमा रहेको समयमा यस्ता रिपोर्टहरूको खण्डन गरेका हुन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले यी समाचारहरूलाई पूर्ण रूपमा झुटा भएको दाबी गरे। विदेश भ्रमणमा यस प्रकारको कुनै पनि प्रतिबन्ध वा कर लगाउने प्रश्न नै नउठ्ने उनको भनाइ छ ।