काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२ जेष्ठ २०८३
अ+
अ-

काठमाडौं। आइसीसी क्रिकेट विश्वकवमा नेपालविरुद्ध अमेरिका १९५ रनमा अलआउट भएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३ ओभर ३ बलमा अलआउट हुँदै १ सय ९५ रन बनाएको छ ।

अमेरिकाका लागि स्मित पटेल र शेहान जयसुरियाले अर्धशतकीय पारी खेले । स्मितले ८३ र शेहानले ५० रन बनाए ।

अमेरिकालाई अलआउट गर्न नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए । उनले ७.३ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ४, सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले १–१ विकेट लिए ।