नवलपरासी। पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका ८, खरकट्टा जंगल क्षेत्रमा कार दुर्घटना भएको छ। कार दुर्घटनामा चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.१च ३५२३ नम्बरको कार आइतबार अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा मटिहानी नगरपालिका ३‚ महोत्तरीका ६० वर्षीय कारचालक श्रीनारायण यादवको मृत्यु भएको पण्डितले बताए।
दुर्घटनामा सख्त घाइते भएका यादवको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।