काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

फोटो कथा

३ जेष्ठ २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेको छ।

एसियन गेम्स महिला क्वालिफायर र एसीसी महिला प्रिमियर कपका लागि क्यानले आइतबार टोलीको बिदाइ गरेको हो।

टोलीमा कप्तान इन्दु बर्मा र उपकप्तान पूजा महतो छन्। यसैगरी टोलीमा सीता रानामगर, सोनी पाख्रिन, सीमा केसी, विन्दु रावल, सम्झना खड्का, रुबि पोद्दार, कविता कुँवर, कविता जोशी, रिया शर्मा, अनु कडायत, मनीषा उपाध्याय र रुबिना क्षेत्री छन्।

वैकल्पिक खेलाडीमा सावित्री धामी, सोमु विष्ट, सना परविन र लक्ष्मी साउदलाई राखिएको छ। एसियन गेम्स क्वालिफायर यही मे २३ देखि ३१ सम्म र प्रिमियर कप जुन १ देखि १३ सम्म हुनेछ।

दुवै प्रतियोगिता मलेसियामा हुनेछ। एसियन गेम्सका लागि आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश पहिल्यै छनोट भइसकेका छन्। बाँकी चार टोली छनोट हुन बाँकी छ। यसैका लागि नेपालले छनोट प्रतियोगिता खेल्न लागेको हो।