काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

३ जेष्ठ २०८३
अ+
अ-

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका गतिविधिको प्रतिवाद गर्नुपर्ने समय आएको बताएका छन्।

आइतबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डदे सरकारले अहिले गरिरहेका अध्यादेश, ट्रेड युनियन खारेजी जस्ता गतिविधि उचित नभएको बताए।

`संविधान संशोधन वा लोकतन्त्रको रक्षाका निम्ति हामीले रचनात्मक ढंगले समर्थन गर्ने भनेका थियौं, पछिल्लो सरकारका कदमले समर्थनभन्दा पनि विरोध गर्नुपर्ने अवस्था आएको छ।´ उनले भने ।

उनले झण्डै दुई तिहाई नजिकको सरकारले संविधान संशोधनको विषयमा पारदर्शिता कायम नगरेको टिप्पणी गरे। सरकारले सदनलाई छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको अपमान भएको उनले बताए।

का्युनिष्ट एकताका विषयमा बोल्दै उनले भने, `कम्युनिष्टबीच एकता गर्ने भनेर नीतिगत निर्णय भएको छ, नेताबीच पनि छलफल जारी छ। तत्कालै पार्टी एक भईहाल्ने अवस्थाचाहिँ छैन।´