काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मुख्य-सचिव पदमा प्राध्यापक जयन्तनाथ खनाल मनोनीत भएका छन्।

अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई आइतबार मुख्य-सचिव पदमा मनोनयन गरेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

लामो समय त्रिभुवन विश्वविद्यालयमा कार्यरत खनाल पार्टी केन्द्रीय कार्यसमिति सदस्य एवं सम्बद्ध प्राज्ञिक परिषद् अध्यक्षसमेत थिए।

“राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम प्रा.डा. जयन्तनाथ खनाललाई पार्टीको मुख्य सचिव पदमा मनोनयन गर्नुभएको छ‚” प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ “डा.खनाल लामो समय त्रिभुवन विश्वविद्यालयमा कार्यरत हुनुहुन्थ्यो। उहाँ हाल पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य एवं पार्टी सम्बद्ध प्राज्ञिक परिषदको अध्यक्ष समेत हुनुहुन्छ।”