काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। इन्डियन प्रिमियर लिग अन्तर्गत शनिबार भएको रोमाञ्चक र उच्च स्कोरिंग खेलमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई २९ रनले पराजित गरेको छ।

शनिबार इडेन गार्डेन्समा घरेलु टोली कोलकाताले प्रस्तुत गरेको २४८ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभर नै ब्याटिङ गरे पनि चार विकेट गुमाएर २१८ रन मात्र बनायो।

कप्तान शुभमन गिलले ८५ रनको इनिङ खेले पनि गुजरातलाई जित दिलाउन पर्याप्त बन्न सकेन। उनले ४९ बलमा सात छक्का र पाँच चौका प्रहार गरे। जस बट्लरले ५७ रनको योगदान गरे। उनले ३५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। साई सुदर्शन ५३ रनमा बनाए।

त्यसअघि टस हारेर ब्याटिङमा आएको कोलकाताले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २४७ रनको योगफल तयार पारेको थियो। कोलकाताका फिन एलनले ९३ रनको आक्रमक इनिङ खेले। उनले ३५ बलमा १० छक्का र चार चौका प्रहार गरे।

अंगक्रिश रधुवंशी ८२ रनमा अविजित रहे । उनले ५५ बलमा सात चौका र चार छक्का प्रहार गरे। क्यामरुन ग्रिनले अविजित ५२ रनको योगदान दिए । उनले २८ बलमा चार छक्का र तीन चौका प्रहार गरे। कप्तान अजिंक्या रहानेले १४ रन जोडे ।

तालिकाको सातौं स्थानमा रहेको कोलकाताले यो जितसँगै १२ खेलमा ११ अंक जोडेको छ । १३ खेल खेलिसकेको गुजरात भने १६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।