फोटो कथा
बुटवल। सरकारले वर्षौंदेखि बस्दै आएका लालपुर्जाविहीन बस्तीमा डोजर चलाएर आतंक मच्चाएको भन्दै बुटवलमा सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीले प्रदर्शन गरेका छन्।
नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीको आयोजनामा आज (आइतबार) बुटवलमा प्रदर्शन भएको हो। बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिकचोक पुगेर सभामा परिणत भएको थियो।
संघर्ष समिति संयोजक खगेन्द्र पौडेलले सरकारले विनाविकल्प गरिब सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएर उठिबास लगाउने कार्य गरेकाले त्यसको विरोधमा प्रदर्शन गरेको उनले बताए। संघर्ष समितिले भोलि (सोमबार) बुटवलमा सम्मेलनको आयोजना गरेको छ।
