काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। ३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमालेले मदननगर बल्खुमा आयोजना गरेको स्मृतिसभामा दिवंगत नेताद्वय मदनकुमार भण्डारी र जीवराज आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ।

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको तस्बिरमा नेताहरूले आइतबार श्रद्धाञ्जली अर्पण गरे। कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, महासचिव शंकर पोखरेल, नेताहरू केशव बडाल, युवराज ज्ञवाली, अमृतकुमार बोहोरा, अष्टलक्ष्मी शाक्यलगायत सहभागी थिए।

स्मृति दिवसका अवसरमा आज (आइतबार) एमालेका अध्यक्ष केपी ओलीले शोकसन्देश प्रकाशन गरेर नेताद्वयको विचार, योगदान र संघर्षलाई सम्झँदै अघि बढ्न आह्वान गरेका थिए । स्मृति दिवसका अवसरमा एमालेले आज विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ।

जननेता भण्डारी र नेता आश्रितको ३ जेठ २०५० मा चितवनको दासढुंगामा भएको गाडी दुर्घटनामा निधन भएको थियो । जनताको बहुदलीय जनवाद (जबज) प्रतिपादन गरेका कारण नेपालमा कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका सवालमा नेता भण्डारीको योगदानलाई उल्लेखनीय मानिन्छ।