झापा। झापाको अर्जुनधारा नगरपालिका ४‚ दहीझोडास्थित दुर्गापुर-खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटनामा एक युवाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दुर्गापुरबाट जुकेखाडीतर्फ आउँदै गरेको मे.४प ७१९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक कन्काई नगरपालिका ४ का ३५ वर्षीय मनोज कुमाल सख्त घाइते भएका थिए।
घाइते कुमाललाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएकामा थप उपचारका लागि नोबेल अस्पताल विराटनगर रेफर गरिएको थियो। खड्काका अनुसार कुमालको उपचारकै क्रममा मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।