काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

फोटो कथा

३ जेष्ठ २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार आज (आइतबार) पूर्ण रूपमा सुनसान देखिएको छ। सरकारले कार्यालय समय बढाएर सातामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय लागू गरेसँगै आइतबार सिंहदरबार क्षेत्र सुनसान बनेको हो।

अन्य दिनमा मन्त्री, कर्मचारी र सेवाग्राहीको चहलपहल रहने सिंहदरबारका सडक र मन्त्रालयका परिसरहरू आज सर्वसाधारण र सवारीसाधनको आवतजावत नहुँदा सुरक्षाकर्मीका भरमा मात्रै शान्त देखिएका छन्।

सिंहदरबारभित्रका मुख्य प्रशासनिक भवन र सडकहरू पूर्णतः रित्ता देखिएका छन्।

सरकारले इन्धन खपत कम गर्ने र सार्वजनिक खर्च कटौती गर्ने उद्देश्यले परीक्षणका रूपमा साताको दुई दिन बिदा दिने र बाँकी पाँच दिन कार्यालय समय बिहान साढे ९ देखि साँझ साढे ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो। सोही निर्णयका कारण आइतबार पनि सरकारी कामकाज ठप्प हुँदा सिंहदरबारको गल्ली र बगैँचा सुनसान बने।

हेरौँ थप तस्बिर :