काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

४ जेष्ठ २०८३
गगनकुमार थापा।
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको सातै प्रदेशमा आयोजना गरेको प्रदेशस्तरीय भेलाअन्तर्गत वागमती भेला सोमबारबाट सुरु भएको छ।

नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानले गरेको भेलालाई कांग्रेस सभापति गगनकुमार थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापतिहरू, प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता छ।