काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

४ जेष्ठ २०८३
दुर्गा प्रसाईं।
अ+
अ-

काठमाडौँ। मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन्।

उनी वीरगन्जको होटेल दियालो लर्ड्सबाट सोमबार राति पक्राउ परेका हुन्। राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका संयोजकसमेत रहेका प्रसाईं सोमबारै वीरगन्ज पुगेका थिए।

उनले मंगलबार वीरगन्जमा कार्यक्रम गर्ने भने पनि स्थानीय प्रशासनले भने अनुमति दिएको छैन।

उनलाई प्रहरीले कार्यक्रम हुनुअगावै पक्राउ गरेको बुझिएको छ। पर्सा प्रहरीले प्रसाईं पक्राउबारे आधिकारिक जानकारी दिएको छैन।