काठमाडौँ। बैंकिङ कसुर मुद्दामा फरार रहेका व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका १७‚ खुसिबुँ बस्ने ३५ वर्षीय सुवास प्रधान छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रधानलाई काठमाडौँ १६‚ नयाँबजारबाट आइतबार पक्राउ गरेको प्रवक्ता रामेश्वर कार्कीले बताए। नुवाकोट म्यागङ गाउँपालिका ६ घर भएका प्रधानविरूद्ध चिनबहादुर रानाभाटले बैंकिङ कसुरको जाहेरी प्रहरीमा दिएका थिए।
तीन करोड ५० लाख रुपैयाँ बिगोको उक्त बैंकिङ कसुरको मुद्दा कास्की प्रहरीमा विचाराधीन छ। प्रधानलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको प्रवक्ता कार्कीले बताए।