काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

४ जेष्ठ २०८३
अ+
अ-

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार ८०० रुपैयाँ कायम छ । आइतबार (जेठ ३) छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।