काठमाडौँ। विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित भएको छ।
स्विट्जरल्यान्डको जेनेभामा भइरहेको महासभाको उपाध्यक्षमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह-प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए।
उनका अनुसार जेनेभास्थित पाले डे नेसन्समा आज (सोमबार) आयोजित महासभाको उद्घाटन सत्रमा निर्वाचन भएको हो।
स्वास्थ्यमन्त्री निशा मेहताको नेतृत्वमा आइतबार नेपाली प्रतिनिधिमण्डल जेनेभा गएको थियो।