हङकङ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङकङ युथ फोरमले हङकङ रेडक्रस रक्तसञ्चार सेवाको सहकार्यमा रक्तदान गरेको छ।
सामाजिक सेवामार्फत मानव जीवन बचाउन योगदान पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा एनआरएनए हङकङकी अध्यक्ष अनु राई, उपाध्यक्ष कविता गुरुङ, युवा संयोजक मनोज गौतम, हङकङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङ, द नेपाली एसोसियसन हङकङका अध्यक्ष प्रदीप थापा, हङकङ नेपाली महासंघकी पूर्वअध्यक्ष रीता गुरुङ, एनआरएनए आईसीसीकी उपाध्यक्ष राधिका गुरुङ (टीका) लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधि सहभागी थिए।
कार्यक्रम संयोजक मनोज गौतमले कर्मथलोसँग रगतको साइनो गाँस्ने अवसरका रूपमा रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।