काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

४ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदमा माफी मागेका छन्।

संसद् बैठकमा केहीदिन अगाडि बोलेको आफ्नै शब्दलाई लिएर उनले सभामुख डोलप्रसाद अर्याल समक्ष माफी मागेका हुन्।

“केही दिनअगाडि यो सम्मानित सदनबाट मैले सम्बोधन गर्दैगर्दा मबाट भावसहित प्रस्तुत भएका केही शब्दप्रति आपत्ति जनाइएको थियो। उक्त शब्दहरूलाई असंसदीय र अशिष्ट भनेर यो संसद्‌बाट हटाउन माग भएबमोजिम सभामुखज्यूले हटाउने आदेश गरिसक्नुभएको छ,” पराजुलीले भने।

उनले थपे, “सम्माननीय सभामुखज्यूको त्यो आदेशलाई उच्च सम्मान गर्दै यही प्रतिनिधिसभा नियमावली मस्यौदाको सभापतिको हैसियतले आफ्ना कारणले आफूले उच्चारण गरेका शब्दका कारण आम जनतामा पर्न गएको त्यो असर त्यसले पारेको दुःखप्रति म गहिरो दुख व्यक्त गर्दै क्षमा याचना गर्न चाहुन्छु।”