काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

४ जेष्ठ २०८३
अ+
अ-

जनकपुर। जिल्ला प्रहरी कार्यालय धनुषाले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

कार्यालयका अनुसार धनुषाधाम नगरपालिका ८‚ भीमानचोकमा सञ्चालनमा रहेको समीक्षा हेल्थ केयर प्रालिबाट आइतबार साँझ लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनुषा गणेशमान चारनाथ नगरपालिका सन्तोषकुमार विश्वकर्मा छन्।

इलाका प्रहरी कार्यालय ढल्केबर लागुऔषध ब्युरो शाखा महोत्तरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कारोबार भइरहेको भन्ने सूचनाका आधारमा पसलमा छापा मारेको हो। विश्वकर्माको साथबाट प्रहरीले पाँच हजार ९१९ पिस लागुऔषध बरामद गरेको छ।