काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

४ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ । केन्द्रीय कारागार, जगन्नाथदेवलस्थित महिला बन्दीगृहबाट शुक्रबार भागेकी सपना तामाङ आइतबार राति पक्राउ परेकी छन् ।

असनस्थित प्रेमीको डेरामा लुकेको अवस्थामा उनी फेला परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले बताए ।

नुवाकोट, विदुर नगरपालिका–१३ की २५ वर्षीया उनी अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा आजन्म कैद भुक्तान गरिरहेकी थिइन् ।

भोजपुर घर भई असनमा डेरा गरी बस्ने समीर श्रेष्ठसँग उनको जेलमा भएकै अवस्थामा चिनजान भएको थियो। समिरकी आमा पनि कारागारमा कैद छन् । आमा भेट्न जाने क्रममा सपनासँग चिनजान हुँदै प्रेम सम्बन्ध विकास भएको एसएसपी खड्काले बताए ।