काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

५ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ- बिहान पकाएको खानेकुरा बेलुकासम्म कसरी जोगाउने? बजारबाट महँगोमा किनेर ल्याएको हरियो तरकारी र फलफूल भोलिपल्टै ओइलाउने समस्या होस् वा घामबाट थाकेर आएका परिवारका सदस्यले खोज्ने एक गिलास चिसो पानी‚ यी साना तर दैनिक भोगाइले हाम्रो जीवनलाई प्रत्यक्ष रूपमा प्रभाव पारिरहेका हुन्छन्।

नेपाली परिवारको यही दैनिक संघर्ष र भावनालाई गहिरोसँग बुझेको नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले भान्साको चिन्तालाई पूर्ण रूपमा हटाउन ६० लिटरदेखि ५५० लिटरसम्म क्षमता भएका ४४ वटा विभिन्न मोडलका रेफ्रिजरेटर बजारमा उपलब्ध गराइरहेको छ।

गर्मीमा किन सीजीको फ्रिज नै त?
बजारमा धेरै विकल्प भए पनि नेपाली उपभोक्ताले सीजीलाई नै आफ्नो भान्साको अभिन्न अंग बनाउनुका मुख्य कारण यस्ता छन्-
– खानेकुरा खेर जानबाट रोक्छ : गर्मीमा खानेकुरा छिटै बिग्रिएर फाल्नुपर्दाको पीडा सीजीले बुझेको छ। यसमा भएको ‘मल्टी-एयर फ्लो’ र ‘फास्ट कुलिङ’ प्रविधिले खानेकुराको ताजापन र पोषणलाई लामो समयसम्म जीवित राख्छ।
– बिजुलीको बिलको चिन्ता छैन- फ्रिज चलाउँदा बिजुलीको बिल धेरै आउँछ कि भन्ने डरलाई यसमा रहेको ‘स्मार्ट इन्भर्टर प्रविधि’ ले हटाइदिएको छ। यसले आवश्यकताअनुसार मात्र कुलिङ गरी भारी ऊर्जा बचत गर्छ।
– हरेक परिवार र बजेटका लागि : कोठा भाडामा लिएर बस्ने विद्यार्थीदेखि ठूला संयुक्त परिवारसम्म, सबैको आवश्यकता र बजेटलाई सुहाउने ४४ विकल्प सीजीसँग मात्र छन्।

भान्सा जतिसुकै सानो वा ठूलो होस्, सीजीसँग पर्फेक्ट फ्रिज छ
– सानो परिवार वा सीमित स्पेसका लागि (सिंगल डोर-३३ मोडल)
विद्युत् खपत एकदमै कम गर्ने, सानो भान्सामा पनि चिटिक्क मिल्ने र छिट्टै बरफ जम्ने ६० लिटरदेखि २३० लिटरसम्मका ३३ वटा मोडल।
– मध्यम र संयुक्त परिवारका लागि (डबल डोर-९ मोडल)
साताभरिको तरकारी र फलफूल एकैपटक राख्न मिल्ने प्रशस्त स्पेससहितका २२० लिटरदेखि ३५० लिटरसम्मका नौवटा ‘फ्रस्ट-फ्री’ मोडलहरू।
– लक्जरी र प्रिमियम अनुभवका लागि (दुई विशेष मोडल)
मोड्युलर भान्साको सौन्दर्य बढाउन र विशाल भण्डारणका लागि कम्पनीले ५२० लिटरको ‘मल्टी-डोर’ र ५५० लिटरको ‘साइड-बाइ-साइड’ रेफ्रिजरेटर उपलब्ध गराएको छ।

सीजी केवल एउटा नाम मात्र नभएर चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सको ‘फ्ल्यागसिप ब्रान्ड’ हो। विगत ४० वर्षभन्दा लामो व्यावसायिक विरासत बोकेको यस ब्रान्डले नेपाली उपभोक्ताको विश्वास जित्दै आएको छ। नेपालको आफ्नै ब्रान्ड हुनुको नाताले नेपाली हावापानी र उपभोक्ताको आवश्यकतालाई सीजीले जति अरू कसैले बुझेको छैन।

यी सबै रेफ्रिजरेटर देशभर रहेका २१ वटा अत्याधुनिक ‘सीजी डिजिटल’ शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन cgdigital.com.np, www.cginspiringlife.com मार्फत सहजै खरिद गर्न सकिन्छ। साथै ग्राहकको ढुक्कका लागि देशभर फैलिएका ४० भन्दा बढी सेवा केन्द्रमार्फत जुनसुकै बेला मर्मत र प्राविधिक सहयोगको सुनिश्चितता गरिएको छ।