काठमाडौँ। प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद्ले मंगलबार पनि पर्चा देखाएर विरोध गरेका छन्।
बैठक सुरु हुनेबेला श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्लेकार्ड देखाएर विरोध गरेका हुन्।
सभामुख डोलप्रसाद अर्यालले सम्बधित विषयमा ध्यानाकर्षण भएको बताएपछि साम्पाङ बसेका थिए। श्रम संस्कृति पार्टीले सोमबारको बैठकमा पर्चा देखाएर सरकारको कार्यशैलीको विरोध गरेको थियो।